जिगरी ल्याब एण्ड पोलिक्लिनिक बिराटनगरमा भव्य सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न

Jasus Khabar 3961+ समाचार ( )
१४ फाल्गुन २०८१

बिराटनगर, फागुन १४ – जिगरी ल्याब एण्ड पोलिक्लिनिक, बिराटनगरमा आज एक भव्य सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ शेख सहित वरिष्ठ फिजिसियन डा. कौशर अली, सर्जन डा. इमरान अन्सारी, हिलाल पब्लिक मा.वि. का प्रधानाध्यापक जावेद अन्सारी, तथा पत्रकारहरू उपस्थित रहेका थिए।


क्लिनिक संचालक नौसाद आलम, जावेद अन्सारी तथा क्लिनिक प्रबन्धक साहिद अन्सारीको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा ए-क्सरे विभागका प्रमुख नवल सर सहित सम्पूर्ण कर्मचारी, बुद्धिजीवी, तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।


कार्यक्रमको अवसरमा जिगरी ल्याब एण्ड पोलिक्लिनिकले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आगामी दिनहरूमा सफलताको शुभकामना व्यक्त गर्यो। उपस्थित सम्पूर्ण अतिथिहरूले स्वास्थ्य सेवाको क्षेत्रमा जिगरी ल्याब एण्ड पोलिक्लिनिकले पु¥याउँदै आएको योगदानको सराहना गर्दै संस्थाको उज्ज्वल भविष्यको कामना गरे।


कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

Md Yasin १४ फाल्गुन २०८१, बुधवार

Thanks for information

सम्बन्धित समाचार