अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

Jasus Khabar 3962+ समाचार ( )
२३ जेठ २०८२

 अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई रामेछापमा सम्मान गरिएको छ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०८२ को अवसर पारेर बुधबार राष्ट्रिय दलित पत्रकार सङ्घले १४ जोडीलाई सम्मान गरेको हो।

अन्तरजातीय विवाह गर्ने रामचन्द्र विक र प्रतिभा बोहोरा, पवन रसाइली र अनिता मगरलगायत जोडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा, नगद र प्रशंसा पत्रसहित सम्मान गरे।


प्रतिक्रिया