सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदनदेखि सडक ठप्प पार्ने चेतावनी :सांसद चौधरी

Jasus Khabar 1+ समाचार ( )
३ फाल्गुन २०७९

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदनदेखि सडकसम्म ठप्प पार्ने चेतावनी दिएका छन्।

पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामीले पटक पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि प्रधानमन्त्रीसँग रुलिङ गर्यौं। तर, प्रधानमन्त्रीको कुनै धारणा आएन। हाम्रो माग सनुवाइ नभएमा हामी संसद अबरुद्ध गर्न बाध्य हुन्छौं। हामी चुप लागेर बस्दैनौं।’

उनले टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई कानुन संशोधन गरेर भएपनि छाड्न माग गरे।

उनले भने, ‘या त राज्यले हाम्रो मान्छेलाई तुरुन्त छाड्नुपर्यो। होइन भने टिकापुर घटनाको दोषी देखाइदिने तागत हामीसँग पनि छ। तर, बेकसुर व्यक्तिलाई थुन्न पाइदैन। नत्र हामी सदन मात्रै होइन सडक पनि ठप्प पार्छौ।’

उनले पुरानो मुद्धालाई ११ वर्षपछि खोतलेर आफ्ना पार्टीका सांसद अरुण चौधरीलाई थुनेकोप्रति आपत्ति जनाए।

प्रतिक्रिया