आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?

Jasus Khabar 3958+ समाचार ( )
१ श्रावण २०८२

 आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै छ। नयाँ आर्थिक वर्ष २०८२-८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागू हुन लागेको हो।

नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागू हुने भएको छ। आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ।

सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को बिरोध गर्दै आएका छन भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ। उक्त समितिले दिएको सुझाबका आधरमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ।

आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४-३६ २ ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन्। त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२-८३ को पहिलो दिन अर्थात आजबाट लागू भएका छन्।

प्रतिक्रिया