आइसिसी च्याम्पियन्स ट्रफीमा आइतबार चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । >
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । पाकिस्तान मोहमद रिजवान र भारत रोहित शर्माको कमानीमा मैदान उत्रनेछ । >
भारतविरुद्धको खेलमा पराजित भए पाकिस्तान एक खेल अगावै लिग चरणबाटै बाहिरिने छ । जितले भने समूह 'ए'मा रहेका सबै टिमको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहनेछ ।>
उद्घाटन खेलमा आयोजक पाकिस्तान न्युजिल्याण्डसँग ६० रनले पराजित भएको थियो । भारतले भने बंगलादेशलाई हराएको थियो । भारतले पाकिस्तानमा खेल्न नमानेपछि तटस्थ मैदान यूएईमा खेल हुन लागेको हो । >
च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जसमा पाकिस्तानले सन् २०१७ को फाइनलसहित ३ खेलमा जितेको थियो ।>
पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै च्याम्पियन बनेको थियो ।>>