भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई जले , १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति

Jasus Khabar 1+ समाचार ( )
१३ वैशाख २०८१

भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपानेले सन्चालन गरेको गाई फर्ममा वैशाख ११ गते ११ बजे आगलागी भएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरले आज वैशाख १३ गते दिएको जानकारी अनुसार आगोमा जलेर १० वटा गाई, टहरा र भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली पनि खटिएको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए ।


प्रतिक्रिया