प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङको भेटघाट जङ्गी अड्डामा भएको छ।>
>
भेटघाटमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन मद्दत गर्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।>>