विराटनगरमा जेन-जीको प्रदर्शन

Jasus Khabar 3942+ समाचार ( )
२३ भाद्र २०८२

 विराटनगरमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताका युवाहरूले प्रदर्शन गरेका छन्। जेन-जीको प्रदर्शनसँगै विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय, मोरङ्गलगायत विभिन्न स्थानमा सुरक्षा अवस्था कडा बनाइएको छ।

वडा नम्बर १० स्थित संसारीमाइस्थानबाट सुरु भएको विरोध प्रर्दशनसँगै महेन्द्र चौक हुँदै रोडषेश चौकसम्म पुगेको थियो। प्रदर्शन कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय नजिकसम्म पनि पुगेका थियो।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

यद्धपी, रोडषेक चौकबाट मुख्यमन्त्री कार्यालयतर्फ निषेधित भएको हुँदा प्रहरीले ब्यारिकेड राखेर प्रदर्शन रोकेको छ। सोही क्रममा प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजी गरेकाछन्।

प्रदर्शन गरिरहेका युवा पुस्ताले हामीलाई दलाल होइन, सरकार चाहिन्छ भन्दै नारा लगाएका थिए।


प्रतिक्रिया

सम्बन्धित समाचार