महाकाली नदीकाे बिचमा अड्किएका पुरुषकाे उद्दार

Jasus Khabar 3958+ समाचार ( )
२ श्रावण २०८२

 दार्चुलास्थित महाकाली नदीकाे बिचमा अड्किएका एक पुरुषकाे उद्दार गरिएकाे छ ।

महाकाली नगरपालिका- ४ खलंगास्थित महाकाली नदिको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हाे ।

बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम के.सी. नदिको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।

प्रतिक्रिया