आगामी ६ जुनमा दोहाको एसियन टाउन एम्फिथिएटरमा आयोजना हुने ‘म्युजिकल हंगामा २०२५’ मा अभिनेता अनमोल केसीले आफ्नो प्रस्तुति दिने भएका छन् ।>
१५ हजार दर्शक क्षमता रहेको उक्त स्थानमा हुने कार्यक्रममा अनमोल केसीले आफ्नो चर्चित ‘म्याडी लुक्स’ मा उपस्थित हुनेछन् ।>
रामी प्रोडक्सनको आयोजनामा हुने यस भव्य इभेन्टको संयोजनमा एकेसी को ‘मेट एन्ड ग्रिट केयरक्याम’ कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन सहकार्य गरिएको छ । कार्यक्रमको दौरान रामी प्रोडक्सनले अनमोल केसीलाई 'नेपालका लोकप्रिय अभिनेता' को उपाधिसहित सम्मान गर्ने जानकारी दिएको छ ।>
कार्यक्रममा अनमोलसँगै अभिनेता पल शाह, अभिनेत्री स्वस्तिमा खड्का, अस्मिता, भुवन केसी र जिया केसीले आ–आफ्नो प्रस्तुति दिनेछन् । नेपाली र भोजपुरी दर्शकलाई लक्षित गरेर भोजपुरी सुपरस्टार केसरी लाल यादव र उनको ब्याण्डले पनि प्रस्तुति दिनेछन् । >>