रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा

Jasus Khabar 3962+ समाचार ( )
१९ वैशाख २०८२

रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन्। यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो।  

नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण पालिकाले गर्नसक्ने व्यवस्था छ।

रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार पालिकामा आर्थिक वर्ष २०७४/०७५ मा छ वटा, आव २०७५/०७६ मा १३ वटा, आव ०७६/७७ मा २२ वटा, आव ०७७/७८ मा २५ वटा, आव ०७८/०७९ मा आठ वटा, आव ०७९/८० मा १२ वटा र आव ०८०/८१ मा नौवटा मुद्दा दर्ता भएका छन्।

न्यायिक समितिमा सबैभन्दा बढी जग्गा भोगचलनसम्बन्धी ४६ वटा र सम्बन्धविच्छेदका २१ वटा मुद्दाका साथै ज्याला, गाली बेइज्जतीसम्बन्धी मुद्दा छन्। रासस

प्रतिक्रिया