युएस ओपन: जोकोभिच र सबलेन्का क्वार्टरफाइनलमा

Jasus Khabar 3942+ समाचार ( )
१६ भाद्र २०८२

२५औँ ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका सर्बियन नोभाक जोकोभिच युएस ओपन टेनिसको क्वार्टफाइनलमा प्रवेश गरेका छन्। जर्मनीका क्वालिफायर यान-लेनार्ड स्ट्रफलाई सोझो सेटमा पराजित गर्दै यूएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।  

दुई पटक चिकित्सकको सहयोग लिनुपरे पनि जोकोभिचको खेलमा खासै असर देखिएन। एक घण्टा ४९ मिनेट चलेको खेलमा जोकोभिचले ६-३, ६-३, ६-२ को सहज जित हात पारे।  

दोस्रो वरीयाताका स्पेनी कार्लोस अल्कारेजले पनि अन्तिम आठमा स्थान पक्का गरे। सोमबार बिहान भएको खेलमा फ्रान्सका आर्थर रिन्डरक्नेचलाई सोझो सेटमा पराजित गर्दै अल्कारेजले क्वार्टफाइनलमा स्थान बनाए।  

चेक रिपब्लिकका जिरि लेहेच्का र अमेरिकाका टेलर फ्रिट्जले पनि आआफ्नो खेलमा जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन्।  

महिला एकलतर्फको खेलमा जित निकाल्दै शीर्ष वरीयाताकी एरिना सबलेन्काले पनि क्वार्टरफाइनलमा स्थान बनाइन्। अन्तिम चारको खेलमा बेलारुसकी सबलेन्काले स्पेनकी क्रिष्टिना बुस्कालाई मात्र एक घण्टा १३ मिनेटमा पराजित गरिन्।  

चौथो वरीयाताकी अमेरिकन जेसिका पेगुलाले आफ्नै देशकी आन लीलाई ५४ मिनेटमै पाखा लगाइन्। चेक रिपब्लिककी मार्केटा भोन्ड्रोसोभा र बार्बोरा रेच्किसोभाले पनि अन्तिम आडमा स्थान पक्का गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार