बिहारबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, एक नेपालीसहित ५० जना घाइते

Jasus Khabar 3958+ समाचार ( )
१२ आषाढ २०८२

भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन्। घाइतेमध्ये एकजना नेपाली नागरिक रहेको बताइएको छ।

बिहारको दरभंगाबाट दिल्ली आउँदै गरेको स्लीपर बस लखनऊ -आग्रा एक्सप्रेसवेमा दुर्घटना भएको हो।

बसमा लगभग ६० देखि ६५ यात्रु सवार रहेको जनाइएको छ। घाइतेहरूको सैफई मेडिकल इन्स्टिच्युटमा उपचार भइरहेको छ। ट्रकसँग ठोक्किएपछि बस राजमार्गबाट ​​३० फिट तल खसेको थियो। चालकको लापरवाहीले दुर्घटना भएको उपचाररत घाइतेहरूले बताएका छन्। 

प्रतिक्रिया