इटहरीमा धारिलो हतियार प्रहार: घाँटीमा चोट लागेका चौधरी अस्पतालबाट डिस्चार्ज

Jasus Khabar 3958+ समाचार ( )
२१ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका-१० स्थित साथी पेट्रोल पम्प अगाडि शनिबार एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरिएको छ।


रामधुनी नगरपालिका वडा नं. ९ घर भई हाल इटहरी–९ बस्दै आएका २६ वर्षीय भरत साहले ४२ वर्षीय ज्ञानचन्द्र चौधरीको घाँटीमा के कस्ताे धारिलो हतियार प्रहार गरेका हुन् भन्ने खुल्न सकेको छैन।


घटनापछि घाइते चौधरीलाई सामुदायिक अस्पताल इटहरीमा भर्ना गरिएको थियो। बोल्न सक्ने अवस्थामा रहेका चौधरीलाई उपचारपछि साँझ ५ बजे डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।


इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको र फरार रहेका आरोपित साहको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।


घटनाको कारण र प्रयुक्त हतियारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार