निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।>
ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।>
दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो । भूजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता गरेको थियो । पुलको हालसम्म ३५ प्रतिशतमात्र काम भएको सडक डिभिजिन कार्यालयले जनाएको छ ।>
दरमखोला पसलका २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिमपटक २०७७ साल मङ्सिर १४ मा म्याद थप गरिएको थियो । यो पुलको काम ४० प्रतिशतमात्र भएको छ ।>
सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार भुजीखोला पुल निर्माणका लागि दुई करोड १६ लाख रुपैयाँ र दरमखोलाको पुलका लागि तीन करोड ३२ लाख रुपैयाँमा निर्माणमा सम्झौता छ । अहिलेसम्म निर्माण भएका संरचना जीर्ण छन् । तीनको अवस्था काम नलाग्ने रहेको प्राविधिकहरू बताउँछन् ।>
>>