गैरआवासीय नेपाली संघ १२औं महाधिवेशनको तयारीमा जुटेको छ । तयारीका लागि एमआईएस प्रणालीबाट सदस्यता वितरणको काम भइरहेको छ । हालसम्म ९२ हजार ८३२ जना एमआईएस प्रणालीबाट सदस्य बनिसकेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले उत्साहजनक रूपमा सदस्य वितरण भइरहेको बताए । ७२ हजार १५० सदस्यता प्रमाणीकरण भइसकेको छ । ४ हजार ५८२ नयाँ छन् । यो अघिल्लो महाधिवेशन ९४ हजार सदस्यता थिए । >
अर्को समूहले अवरोध गर्न खोजे पनि सदस्यता वितरण उत्साहजनक भइरहेको उनको दाबी छ । जापानबाट मात्रै १८ हजारभन्दा बढी सदस्य छन् । त्यस्तै, अस्ट्रेलियाबाट साढे १५ हजार बढी सदस्य बनेका छन् । पत्रकारको सम्मेलनको आयोजना गरी डा.केसीले राष्ट्रिय समन्वय परिषद्(एनसीसी) हरूको राष्ट्रिय महाधिवेशन भइरहेका छन् । १५ एनसीसीको अधिवेशन भइसकेको छ । बाँकी देशमा अधिवेशन हुने क्रममा छन् । विधान त जुलाई १ देखि ३१ सम्म राष्ट्रिय अधिवेशन नगरिसक्नुपर्ने बाध्यात्मक प्रावधान छ । एनसीसीको अधिवेशन १२औं महाधिवेशन आधार रहेको अध्यक्ष डा.केसीले बताए । उनले एनसीसीको अधिवेशनले १२औं महाधिवेशनका लागि प्रतिनिधि निर्धारण गर्ने जानकारी दिए । >
निर्वाचन समिति
>
एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशन तयारी समितिका साथै निर्वाचन समिति बनेको छ । अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । समितिमा चिरञ्जीवी ढकालसहित टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन् ।
संघको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । समितिमा संजय थापा, टेकराज निरौला, कमलमणि गुरागाई, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ छन् । भीम उदास, भक्त गुरुङ, डा.देवी बस्नेत, ओम गुरुङ, डिल्ली ढकाल, यास्मिन बेगम र पुरुषोत्तम बोहोरा सदस्य रहेको न्यायिक समिति पनि गठन भएको छ ।
>
अध्यक्ष डा.केसी स्थापना कालदेखिका मुद्दालाई मुखरित गर्न क्रियाशील रहेको बताए । उनले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए । उनले लगानीको क्षेत्रमा निरन्तरको पहलमा ९ वटा कानुन संशोधन भइसकेको पनि बताए । उनका अनुसार एनआरएन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनको अन्तिम चरणमा छ । जसमार्फत विदेशमा रहेका नेपालीको साना, मझौलादेखि ठूला लगानी पनि नेपाल भित्र्याउन मार्गप्रशस्त हुने उनको भनाइ छ । उनका अनुसार १० अर्बबाट सञ्चालन हुने यो फन्ड ५० अर्ब पुर्याउन लक्ष छ । ३५ करोडको फन्ड जम्मा भइसकेको छ । >
गैरआवासीय नेपाली संघले हालको कार्यकालमा चार करोडभन्दा बढी विभिन्न परोपकारी र मानवीय सहयोग कार्यमा खर्च गरेको छ । २०८१ साल असोजमा आएको बाढी र पहिरोपीडितहरूलाई तत्काल राहत
सामग्री वितरण गर्दै झन्डै एक हजार परिवारवलाई सहयोग गरेको उनले जानकारी दिए । प्रधानमन्त्री राहत कोषमा ५१ लख रुपैयाँ सहयोग गरिएको उनले बताए । >
संघले जाजरकोट, सुदूरपश्चिम क्षेत्रका भूकम्पपीडित, सुनसरी र भोजपुरका लागलागी पीडितलाई समेत राहत तथा पुनस्र्थापना कार्यमा आर्थिक सहयोग गरेको छ । स्वास्थ्य क्षेत्रमा प्रादेशिक अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना र ५ प्रदेशमा ब्लड बस हस्तान्तरयण गरेको संघले जनाएको छ । >
वैदेशिक रोजगारमा समस्यामा परेका श्रमिकहरूको उद्धार तथा सामाजिक सुरक्षा र प्रवासी नेपालीहरूको हितमा पनि रहेको अध्यक्ष डा.केसीले बताए । संघले नेपाली दूतावासको समन्वयमा युक्रेनमा अलपत्र परेका २ श्रमिकलाई स्वदेश फर्काउन सहयोग गरेको थियो । उनले श्रमसम्बन्धी नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गरिएको पनि जानकारी दिए । संघले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा श्रम आप्रवासन र डायस्पोराका विषयमा आफ्नो धारणा राख्दै सुरक्षित आप्रवासन र सामाजिक सुरक्षामा योगदान पुर्याएको उनले बताए । >
उनले बद्री केसीको नेतृत्वको समिति नै आधिकारिक रहेको दाबी छ । अध्यक्ष केसीका अनुसार असार ५ गते सर्वोच्च अदालतबाट भएको आदेशपछि शेष घलेलाई एकताको महाधिवेशन गराउन अधिकार दिइएको मुद्दा(रिट निवेदन नम्बर ०७९–डब्लूओ–१५०७) पुनरावेदन गर्ने निस्सा प्राप्त भइसकेको छ । यसले सबै कानुन अडचलनहरू हटिसकेको छ । अब अक्टोबरमा निर्वाचन गर्न कुनै बाधा छैन ।>
‘अक्टोबरमा महेश श्रेष्ठ हामीसँगै हुन्छौं’ >
अध्यक्ष केसीले महेश श्रेष्ठ पनि अक्टोबरमा हुने एनआरएनएको महाधिवेशनमा सँगै हुने आशा प्रकट गरेका छन् ।हालै शेष घले एकता महाधिवेशनमार्फत श्रेष्ठलाई अध्यक्ष बनाएका छन् । तर, अध्यक्ष केसी महेश श्रेष्ठ पनि मूलधारमा फर्किने दाबी गर्छन् । ‘उहाँसँग मेरो निरन्तर संवाद भइरहेको छ, हामी सम्भवत अक्टोबरको महाधिवेशनमा सँगै हुन्छौं’ उनले भने ।>
महेश श्रेष्ठ ११ औ महाधिवेशनमा केसीसँगै पराजित भएका थिए । केसीसँग पराजित भएका आरके शर्मा र श्रेष्ठ महाधिवेशनमा परिमाण अस्वीकार गरि समानान्तर कमिटि संचालन गरिरहेका थिए । केही समयअघि एकता महाधिवेशन भन्दै आर के शर्मा समेत समर्थन श्रेष्ठलाई अध्यक्ष बनाइएको थियो । >
उनले एनआरएनएका नेताबीच झगडा भए पनि एनआरएनएका सदस्यमा कुनै झगडा नरहेको र उनीहरूमा सबै मिल्नु भन्ने चाहना रहेको पनि बताए ।>
एनआरएनएको विवाद जड राजनीतिक हस्तक्षेप
एनआरएनएको विवादको जड राजनीतिक हस्तक्षेप भएको स्वयं अध्यक्ष केसीले स्वीकार गरेका छन् । उनले एनआरएनएलाई राजनीतिभन्दा बाहिर राख्नुपर्ने बताउँछन् ।>
उनले राजनीतिक नेतृत्व पनि लगानीमा राजनीति गरेर पनि एनआरएनएको निर्वाचनमा राजनीति नगरिदिन पनि आग्रह गरे । ११ औं महाधिवेशनमा कांग्रेस, एमाले र माओवादी केन्द्र गरी तीनवटा पार्टीनिकट समूह बनाएर निर्वाचन होमिएका थिए । >
>>>>>