मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।>
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।>>
>>