मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा

Jasus Khabar 3962+ समाचार ( )
२२ वैशाख २०८२

क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ। क्यान इन्टिग्रिटी कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने गरी यही २१ वैशाखदेखि प्रतिबन्ध फुकुवा गरेको हो।

‘...क्यान इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी निजको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने गरी यही ०८२/१/२१ गतेदेखि मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ,’ क्यानले विज्ञप्तिमार्फत भनेको छ।

२०७९ पुसमा त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङको आरोपपछि अलराउन्डर आदिललाई नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिबन्ध लगाएको थियो। उक्त प्रतियोगितामा नेपाली र विदेशी गरी १० खेलाडी संलग्न रहेको प्रहरीले दाबी गरे पनि काठमाडौं जिल्ला अदालतले आदिलसहित पाँचजनालाई सफाइ दिएको थियो।

प्रतिक्रिया