देवानगञ्जको दशगज्जाबाट लागुऔषधसहित यादव पक्राउ

Jasus Khabar 3942+ समाचार ( )
२१ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका- ४ यादव टोल नजिकै रहेको दशगज्जा क्षेत्रबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।


शनिबार दिउँसो करिब ३ बजे प्रदेश १-०२-०४४ प २९१३ नम्बरको कालो रङको एफजेड–३ मोटरसाइकलमा सवार ३१ वर्षीय पप्पु यादवलाई प्रहरीले शंका लागी जाँच गर्दा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको हो।


देवानगञ्ज गाउँपालिका- ५ निवासी शंकर यादवका छोरा पप्पु यादवलाई इलाका प्रहरी कार्यालय कप्तानगञ्जबाट प्रहरी निरीक्षक जीवन कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।


उनको साथबाट सेतो प्लास्टिकमा बेरिएको ३२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।


पक्राउ परेका यादव, प्रयोग गरिएको मोटरसाइकल र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ । 

प्रतिक्रिया