सुनको मूल्य ३४ सयले बढ्यो, कति पुग्यो तोलाको ?

Jasus Khabar 3942+ समाचार ( )
१८ श्रावण २०८२

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३ हजार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो। यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको।

चाँदी गत शुक्रबार २ हजार २३५रुपैयाँमा खरिदबिक्री भएको  थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार