अजमल अन्सारी
>
सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले गत जेष्ठ ४ र ५ गते दुईदिने ब्याटमिन्टन प्रतियोगिता सम्पन्न गरिएको छ।>
खेलकुदलाई प्रोत्साहन गर्दै आपसी मित्रता, सहकार्य र शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ८ जना खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो।>
>
प्रतियोगितामा सशस्त्र प्रहरी नायव उपरीक्षक (सप्रउ) केदार जंग थापा र सशस्त्र प्रहरी नायव निरीक्षक (सप्रनि) ईश्वर खकुरेलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन्।>
>
नेपाली सेनाका भगवती दल गण इटहरीका प्रमुख सेनानी राजन भुजुले वहाँलाई गणको १८ ओैँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।>
>
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले विजेता खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुका साथै यस्ता खेलकुद प्रतियोगिताले संगठनमा उत्साह,आत्मबल, अनुशासन र एकताको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।>
>
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमको निरन्तरताका लागि गणले आगामी दिनमा पनि विभिन्न गतिविधिहरू आयोजना गर्दै जाने जनाएको छ।> >
>
>