१० महिनामा साढे दुई करोड बढी कन्डम आयात

Jasus Khabar 3942+ समाचार ( )
९ जेठ २०८२

 चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा साढे दुई करोड बढी थान पुरुष कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा दुई करोड ५३ लाख ७१ हजार ५३४ थान पुरुष कन्डम आयात भएको हो ।

तथ्यांकअनुसार उक्त कन्डम १८ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको हो ।

कन्डम आयातबाट सरकारले १० महिनाको अवधिमा सात हजार रुपैयाँ राजस्व आम्दानी गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार