अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता

Jasus Khabar 1+ समाचार ( )
११ फाल्गुन २०८०

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।‘१० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ’ मानव बेचबिखन ब्यरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले भने, ‘उनीहरू के कसरी गएका हुन्, कति रकम बुझाएर गएका हुन् भन्ने विषयमा थप बुझ्दै छौं ।’

प्रतिक्रिया