सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

Jasus Khabar 3942+ समाचार ( )
११ आषाढ २०८२

घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार