विराटनगर महानगरपालिका-१२ निवासी कमल कुमार शाहले आफ्नो २९ औँ जन्मदिन एक सामाजिक सेवाको रूपमा मनाएर उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले विराटनगर-१३ मा रहेको पूर्वाञ्चल बाल आश्रममा बालबालिकाको हितका लागि सहयोग प्रदान गर्दै दिनलाई विशेष बनाउनुभयो।>
>
उहाँले बालबालिकाको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले दाल, चामल, तेल, कपी, कलम जस्ता सामग्री वितरण गर्नुभएको छ। करिब १० हजार रुपैयाँभन्दा बढीको सामान वितरण गर्दै उहाँले बालबालिकाको उज्ज्वल भविष्यप्रति आफ्नो प्रतिबद्धता देखाउनुभएको हो।>
कमल कुमार शाहले आफ्नो जन्मदिनलाई समाजसेवाको दिनका रूपमा मनाउँदै अरूलाई पनि यस्तै सकारात्मक कार्य गर्न प्रेरित गर्नुभएको छ। उहाँले भन्नुभयो, “जन्मदिनलाई मनोरञ्जनमा मात्र सिमित नगरी समाजको सेवामा उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको हुँ।”>
बाल आश्रमका बालबालिकाले उहाँप्रति कृतज्ञता व्यक्त गर्दै सहयोगले धेरै ठूलो राहत मिलेको बताए। सामाजिक कार्यमा जुट्ने शाहको यो प्रयासले स्थानीय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।>
कमल कुमार शाहको यो कार्यले अन्य व्यक्तिहरूलाई पनि आफ्नो खुशीलाई सामाजिक सेवामा रूपान्तरण गर्न प्रेरणा दिन सक्नेछ। यसप्रकारका प्रयासहरूले समाजमा परोपकारको भावना बढ्ने विश्वास लिइएको छ।>