काठमाडौंको शङ्खमूलमा आगलागी , गाडीको वर्कसप सहित ५ पसलमा क्षति

Jasus Khabar 1+ समाचार ( )
१६ वैशाख २०८१

काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने एकीन भएको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए ।

त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो ।

प्रतिक्रिया