सरकारले श्रमसंसार एप सञ्चालन ल्याएको छ। रोजगारदाता र रोजगारी खोजकर्तालाई सोझै जोड्नेगरी एप सञ्चालन ल्याइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।>
यसले राइड सेयरिङ एपले जस्तै रोजगारदाता र रोजगारी खोजकर्तालाई जोड्ने उनले बताएका छन्।>
'सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी shramsansar.com पोर्टलको आरम्भ गरेको छ,' प्रधानमन्त्री ओलीले फेसबूकमार्फत जानकारी गराएका छन्।>
>
रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्। 'एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्नेछ,' उनले भनेका छन्।>>