अजमल अन्सारी> सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ‘ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल’ संचालनमा आएको छ । यसअघि सञ्चालनमा रहेको सप्तकोशी न्यूरो अस्पतालको स्थानमा नयाँ व्यवस्थापनसहित सो अस्पताल सेवा दिन थालेको हो ।>
नयाँ टिमद्वारा सञ्चालनमा ल्याइएको यस अस्पतालमा मुटु तथा स्नायु प्रणालीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको छ । अस्पतालले अत्याधुनिक उपकरणसहित आकस्मिक सेवा, ओपिडी, आईसीयू, सिटी स्क्यान, ल्याब, फार्मेसी लगायत सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।>
>
अस्पतालका प्रमुख डा. उमेश यादवले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “यो क्षेत्र स्वास्थ्य सेवाका दृष्टिकोणले पछाडि परेको छ । हामीले अनुभवी चिकित्सकसहितको टिम बनाएर सेवा सुरु गरेका छौं,” उहाँले भन्नुभयो ।>
>
डा. यादवका अनुसार अस्पतालमा मुटु तथा मस्तिष्क सम्बन्धी समस्या भएका बिरामीलाई विशेष प्राथमिकताका साथ उपचार गरिनेछ । “अब बिरामीलाई काठमाडौँ वा विराटनगरसम्म जानुपर्ने आवश्यकता हट्नेछ,” उहाँले थप्नुभयो,' हामीलाई जनस्तरबाट सहयोगको खाचो छ । सबै समुदाय, वर्ग, युवा तथा जनप्रतिनिधिले हामीलाई सहयोग गर्नुहुने भन्ने विश्वास लिएको छु र सहयोगको लागि आव्हान समेत गर्दछु," वहाँ भन्नुभयो।>
>
स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूले पनि गुणस्तरीय सेवा दिन सकेमा अस्पतालले गाउँपालिका र आसपासका क्षेत्रका जनताको ठूलो लाभ हुने विश्वास व्यक्त गरेका छन् ।>
>