ई–सिगारेट (भेपिंग) को कारणले गर्दा यूवाहरुमा हुने असरको विषयमा लियो क्लब र रोटर्याक्ट क्लबद्वारा प्यानल छलफल सम्पन्न

Jasus Khabar 1+ समाचार ( )
२९ माघ २०८०

लियो क्लब अफ विराटनगर यूनाईटेड र रोटर्याक्ट क्लब अफ काठमाण्डौँ मिड–टाउनको संयूक्त आयोजना तथा नेपाल अर्बुद रोग निवारण संस्थाको सहकार्यमा ई–सिगारेट (भेपिंग) को कारणले गर्दा यूवाहरुमा हुने असरको विषयमा प्यानल छलफल काठमाण्डौंको सिनामंगल स्थित नोबेल कलेजमा सम्पन्न भएको छ ।

डा. पोषण सापकोटा (एम बि बि एस), श्री दिपेन्द्र वान्तावा (महासचिव, नेपाल अर्बुद रोग निवारण संस्था), सुश्री कंचन श्रेष्ठ (अध्यक्ष, नेपाल जनस्वास्थ्य विद्यार्थी समन्वय केन्द्र) र सुश्री सलिना रिमाल (काठमाण्डौ महानगर न्यायिक सहजकर्ता) द्वारा भेपिंग तथा त्यसको भावि असरबारे छलफल गरिको उक्त छलफलमा लियो क्लब अफ बिराटनगर यूनाईटेडकी मार्केटिङ चेयरपर्सन, लियो अंकिता रेग्मीले मध्यस्तकर्ताको भुमिका निवाह गर्नभएकी थिइन । भेपिंगको प्रयोग नेपालमा मुख्यता यूवाहरुमा बढ्दैगएको र निकट भविष्यमा यसको गम्भिर स्वास्थ्य समस्याहरु निम्तिन सक्ने भएकोहुदा यस प्यानल छलफलको मध्यमबाट जनचेतना बढाउने मुख्य उद्देश्यको साथ अयोजना गरिएको उक्त कार्यक्रम सम्भवत यस विषयमा आयोजना गरिएको नेपालकै पहिलो कर्यक्रम हो । कार्यक्रम मूख्यता भेपिंगको इतिहास र नेपालमा यसको अहिलेको अवस्था, यस सम्बन्धि कनुन तथा नियमक निकाय, यसलाई नियन्त्रित बनाउन भवि कदम र नेपाल अर्बुद रागे निवारण संस्थाको भुमिका र उपस्थित स्रोताहरुको जिज्ञासामा केन्द्रित रहेको थियो । यस कार्यक्रम पश्चात अन्य सारोकारवालाहरु पनि ध्यानाकर्षन हुने र यस विषयमा गम्भिररुपमा कदम चलिने आसा गरिएको छ ।

लियो क्लब अफ बिराटनगर यूनाईटेडको अध्यक्ष, लियो सन्तोष साहको सभापतित्वमा सम्पन्न गरिएको उक्त कार्यक्रममा करिब ७० जना को सहभागीता रहेको तथा उक्त कार्यक्रम यूवाहरुलाई भेपिंगको लतबाट सजग गराउनेतर्फ पहिलो कदम रहेको भनेर कार्यक्रम सञ्चालिका रोटरयाक्ट क्लब अफ काठमाण्डौ मिड–टाउनकी कम्यूनिटी सर्भिस डाईरेकटर, रोटरर्याक्टर आरती चौधरीले जानकारी गराउनुभयो  । 

प्रतिक्रिया