सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा क्षेत्रमा सशस्त्र प्रहरीले २४ किलो गाँजासहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको टोलीले शुक्रबार राति विशेष चेकजाँचका क्रममा प्रदेश १–०२–०५८ प १४९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा अवैध रूपमा ओसारपसार गरिँदै गरेको करिब २४ किलो गाँजा बरामद गरिएको छ।>
प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालक फरार भएको बताइएको छ। घटनास्थलबाट बरामद गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।>
सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। फरार चालकको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।>>