मदन भण्डारी फाउण्डेशनबारे प्रधानमन्त्री ओलीको कडा टिप्पणी, कसरी अगाडि जान्छ हेर्नुपर्ने टिप्पणी

Jasus Khabar 3958+ समाचार ( )
२७ श्रावण २०८२

 प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले फाउण्डेशन असल नियतका साथ खोलिएको भएपनि अहिलेको गतिविधिबारे भने संशय व्यक्त गरे । आज (सोमबार) पार्टी मुख्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानका प्रमुख प्रदीप ज्ञवालीलाई शपथ खुवाउने क्रममा ओलीले फाउण्डेशन कता जाँदैछ भनेर उसको गतिविधि हेर्नुपर्ने बताएका हुन् ।

फाउण्डेशनको गठन ताका स्मृति गराउँदै प्रधानमन्त्री ओलीले भने,‘मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लेखेर प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुप¥यो । पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो फाउन्डेसन । यति हो कि मदनका विचारसँग असहमत भएर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रीपमा नगएको मात्र हो । त्यो पार्टीको पक्षमा र आन्दोलनको नै बनेको संस्था हो । तर, त्यसको आगामी दिनमा के हुन्छ, कसरी अगाडि जान्छ हेर्नुपर्ने अवस्था बनेको छ ।’

प्रतिक्रिया