पर्सामा मालबाहक ट्रकबाट प्रहरीले तीन क्वीन्टल बढी चरेश बरामद गरेको छ।>
मंगलबार बेलुका प्रहरीले वीरगन्ज महानगरपालिका-२१ परवानीचोकबाट प्रदेश-२-०३-००१ख ६३४८ नम्बरको ट्रक नियन्त्रणमा लिँदा ठूलो परिमाणामा चरेश फेला परेको हो।>
परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको उक्त ट्रकबाट प्रहरीले चरेश तीन क्वीन्टल साढे २० किलो चरेश बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।>
ट्रकको पछाडिको ढालामा तीन क्वीन्टल १७ किलो ५०० ग्राम चरेश र तीन किलो चरेशको धुलो फेला परेको थियो।>
उक्त ट्रक भारततर्फ जान लागेको थियो। लम्सालका अनुसार ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङताङ पक्राउ परेका छन्।
उनको साथबाट १ लाख ९२ हजार रुपैयाँ बरामद भएको लम्सालले बताए। चालकलाई पर्सा प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।>>