राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुव्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

Jasus Khabar 3958+ समाचार ( )
१६ वैशाख २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभए पनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए। उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे।

प्रतिक्रिया