सुनको मूल्य निरन्तर अकासिँदो

Jasus Khabar 3942+ समाचार ( )
२३ अशोज २०८२

 अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २०० रुपैयाँले बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी  तीन हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

प्रतिक्रिया