कोरियामा बसेर धरानमा श्रीमतीको हत्या,६ जना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
५ वैशाख २०८२

धरान : कोरियामा बसेर धनकुटाका एक युवकले धरानमा श्रीमतीको हत्या गरेका छ्न् । सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या जंगलमा मृत भेटिएकी धनकुटाको महालक्ष्मी नगरपालिकाकी चुनकुमारी बुढाथोकीको हत्यामा  उनकै श्रीमान मुख्य योजनाकार भएको खुलेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

चुनकुमारीको हत्यामा संलग्न उनकै श्रीमान् प्रेमबहादुर बुढाथोकीसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका- ३ संगमचोक बस्ने मुख्य योजनाकार प्रेमका आफ्नै भाइ २९ वर्षीय ढकेन्द्र बुढाथोकी र उनकी श्रीमती २५ वर्षीया सृष्टी बुढाथोकी पनि पक्राउ परेका छन् । 

पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भइ विगत ७ वर्षदेखि मोरङको उर्लाबारी नगरपालिका -५ फागुटोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम र उनकी श्रीमती २८ वर्षीय डेनु गौतम पनि पक्राउ परेका छन् । दुबैजना  प्रेमबहादुरका बहीनी र ज्वाईँ भएको एसपी तिम्सिनाले बताए ।

उनले मोरङकै पथरी शनिश्चरे वडा नं ३ का ४० वर्षीय केशवराज दाहाल पक्राउ परेको बताए । हत्यमा  संलग्न भारतीय नागरिक आसाम राज्यको तेजपुर खकन बस्तीका ३५ वर्षीय राजु थापा मगर भने फरार रहेकाले खोजी कार्य भइरहेको एसपी तिम्सिनाले बताए । 

चुनकुमारीको शव जंगलमा भेटिएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवर नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो। प्रेमकुमार कोरियाबाट काठमाडौं आउना साथ त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलबाट पक्राउ परेका हुन्। 

चुनकुमारीको हत्या पारिवारिक विवादका भएको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले बताए । उनले अभियुक्तहरूलाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको अनुसन्धान अगाडि बढाइएको बताए ।

प्रहरीका अनुसार चुनकुमारीको शव चैत २५ गते जंगलमा फेला परेको थियो । उनको हत्या अघिल्लो राती नै कुटपिट गरेर भएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कुँवरले बताए । उनले तीनवटा मोटरसाइकल समेत बरामद गरिएको बताए ।


प्रतिक्रिया