सुनसरी । इनरुवा नगरपालिका–९ स्थित बबियामा रहेको कब्रिस्तानमा गाडिएको एक शव उत्खनन गरिएको अवस्थामा फेला परेको छ ।>
स्थानीयका अनुसार करिब पाँच महिना अघि सोही स्थानका ‘ठिठरा’ भनिने दबुद खानको निधन भएको थियो । मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरी उक्त कब्रिस्तानमा दफन गरिएको थियो । तर हालै उनको कब्र खनिएको अवस्थामा भेटिएपछि घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ ।>
>
कब्र उत्खनन गरिएको स्थानमा मृतकका दुवै हात तथा टाउकोका हड्डी नरहेको पाइएको स्थानीयले जानकारी दिएका छन् । ती हड्डी कसैले निकालेर लगेको हुनसक्ने आशंका गरिएको छ ।>
>
घटनास्थलमा भोला गुट्खाको खाली प्लास्टिक तथा ‘गोल्डेन ओके’ लेखिएको रक्सीको बोतल समेत भेटिएको जनाइएको छ ।>
>
घटनापछि स्थानीयले धार्मिक आस्थामाथि प्रहार भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् ।>
>
यस विषयमा जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ । घटनाको वास्तविक कारण तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।>
>