सुनसरी । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल घुस विवादमा मुछिएको एक महिना भन्दा बढी भइसकेको छ ।>
मन्त्री मण्डलले सचिवालयका कर्मचारी मार्फत ‘क्यूआर’ प्रयोग गरी घुस मागेको आरोप लागेको भएपनि नेपाली काङग्रेस प्रदेश र केन्द्रिय कार्य समिति टुलुटुलु हेरेर बसेको आरोप लागेको छ ।>
>
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमारी कार्की समेत काङग्रेसकै सिग्नलको पर्खाइमा रहेको छ ।>
सुनसरी क्षेत्र नम्वर ४(क)बाट संघीय र प्रदेशसभाको निर्वाचनमा नेपाली काङग्रेसबाट टिकटबाट निर्वाचित भएका मण्डल गफ गर्नका लागि माहिर नेताको रुपमा चिनिने गरेको स्थानीयवासीको अरोप छ ।>
>
प्रदेशसभामा बजेटको बिषयलाई लिएर कडा रुपमा प्रस्तुत भएका मण्डल अन्तः प्रदेशसभामा बोलेका कुरा समेत झुठो नै सावित भएको छ ।>
मन्त्री मण्डलले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बजेट लगेको भनी स्वीकार गरेको भएपनि जनतालाई आफूलाई आम्दनी आउने ठाउँमा मात्र बजेट लगेको र कमशल काम गरेर बजेटमा समेत हिनामिना गरेको अरोप समेत लागेको छ ।>
>
केही दिन अगाडि मात्र इनरुवामा आयोजित एक कार्यक्रममा नेपाली काङग्रेसका सुनसरी सभापती तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले समेत संसदमा बोल्दा झुठो कुरा नबोल्नका लागि आग्रह गर्नुहुदै सुनसरीमा बिकास निर्माणका लागि मन्त्री मण्डललाई पटक–पटक आग्रह गरेको भएपनि आफ्नै क्षेत्रमा समेत बजेट नदिएको आरोप समेत लगाएका छन् ।>
>
मन्त्री मण्डलको बिबाद एक महिना भन्दा बढी भइसकेको र पार्टी समेत बदनाम भइरहेको बेलामा प्रदेश र केन्द्रिय कार्य समिति मुख दर्शक अर्थात निरि जस्तै देखिएको छ ।>
>
घुस जस्तो गम्भीर विवादमा उहाँको सचिवालयका कर्मचारी कुन्दन मण्डलले २५ असारमा ध्यानाकर्षणपत्र जारी गर्दै क्यूआर कोड मार्फत पैसा मागेको कुरा ‘गलत, कपोकल्पित र बदनियतपूर्ण’ रहेको दाबी गरेका थिए ।>
>
मन्त्री मण्डलले सचिवालयका कर्मचारी मार्फत घुस उठाएको भन्दै प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मन्त्री मण्डललाई मार्ग प्रशस्त गर्न भनेको थियो । मुख्यमन्त्रीसँग जवाफ पनि मागेको थियो । तर संसद्लाई मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएका छैनन् ।>
>
यता मन्त्रीका कारणले पार्टीनै बदनाम भइरहेको अवस्थामा छ भने नेपाली काङग्रेस भ्रष्टाचार गर्नेलाई मात्र सरकारमा पठाउने गरेको अरोप समेत सुनसरीबासीले लगाउने गरेको छ । त्यसैले यस बिषयमा सम्बन्धी निकायको ध्यान केन्द्रित हुनु आवश्यक छ ।>
>
भ्रष्टाचार गर्नेलाई छानविन गरि कारवाही गर्ने अधिकार प्राप्त संस्थाको रुपमा रहेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय समेत सुनसरीको इटहरीमै रहेकाले यस बिषयमा अख्तियारले समेत छानबिन गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।>
>