साउदीमा एकै दिन २८ जना नेपालीले पाए बहिर्गमन भिसा

Jasus Khabar 3958+ समाचार ( )
२० जेठ २०८२

अलपत्र परेका नेपालीहरूका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ। नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एकै दिन २८ जना नेपालीको बहिर्गमन भिसा जारी गरेको हो।

योसँग अब उनीहरू सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन्। बहिर्गमन भिसा प्राप्त उनीहरूले १५  दिनभित्र साउदी अरेबिया छोड्नु पर्ने व्यवस्था छ। बहिर्गमन भिसाबारे नेपाली दूतावास रियादले नेपाली कामदारको लागि सूचना जारी गर्दै बहिर्गमन ‘एक्जिट भिसा’को सेवा दिँदै आएको छ। हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्ने छ।

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन अफिससँग रहेकाले एक्जिट भिसाका लागि प्रक्रिया  मात्रै गरी दिने दूतावासले जनाएको छ।  साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाका लागि प्रक्रिया थाल्नुपर्ने साउदीको नियम रहेको छ। 

प्रतिक्रिया