रौतहट गरुडास्थित झाझ खोला नजिकबाट प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ।>
मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग३च ६८९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो।>
उक्त नेपाली नम्बरको कार इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चालकले गाडी हुक्याउँदै भाग्न थालेपछि प्रहरीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएका छन्।>
रातो कलरको ब्रेजा कारमा प्रतिबन्ध लागू औषध लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना गरुडा प्रहरीमा आएको थियो। गरुडा प्रहरीले थापेको चेकिङ छलेर तीव्र गतिमा हुइँकिदै भागेका चालकले कारलाई खेतमा झारेर भागेका थिए। अहिले प्रहरीले क्रेनको सहाराले कारलाई निकालेको छ। कारभरि बाहिरबाट गाँजा रहेको देखिए पनि गाँजाको यकिन परिमाण प्रहरीले खुलाउन सकेको छैन।>
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले झाझ खोला नजिक रहेको खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उखु बारी हुँदै भागेको बताउँदै प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च अभियान सुरु गरेको बताए। गाँजाबारे गहन रूपमा अनुसन्धान भैइरहेको र गाडीको सहाराले कारोबारीसम्म पुग्ने प्रहरीको अनुमान छ।>
>>