जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
९ अशोज २०८२

 विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। 

साथै प्रहरीले उनीहरूले प्रयोग मोटरसाइकल ३ थान समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया