युएईको जेलमा रहेका १२० जना नेपालीले पाए आममाफी

Jasus Khabar 3958+ समाचार ( )
१ श्रावण २०८२

 संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरुमा जेलमा रहेका १२० जनालाई आममाफी दिएको छ ।

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अलअदाहका अवसरमा युएई सरकारले १२० जना नेपालीहरुलाई बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको हो ।

नेपाली राजदूतावास, अबुधाबी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आममाफीबारे जानकारी गराएको छ ।


प्रतिक्रिया