कोशी नदी हुँदै तस्करी गर्न लागिएको १० बोरा मदिरा सुनसरी प्रहरीद्वारा बरामद

Jasus Khabar 3942+ समाचार ( )
२७ आषाढ २०८२

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक कोशी नदी हुँदै भारततर्फ तस्करी गर्न लागिएको मदिरा नेपाल प्रहरीले बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहिवार राति नियमित गस्तीका क्रममा कोशी ब्यारेज क्षेत्रबाट अबैध रुपमा तस्करी गरिँदै गरेको अवस्थामा १० बोरा मदिरा बरामद गरिएको हो । प्रहरीले तस्करहरू भने घटनास्थलबाट फरार भएको जनाएको छ ।


बरामद मदिरा आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


अवैध मदिरा तस्करी नियन्त्रण तथा सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत पार्न सुरक्षाकर्मीहरूलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रतिक्रिया