अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आएको घटनाप्रति आपत्ति : सांसद पन्त

Jasus Khabar 1+ समाचार ( )
२७ चैत्र २०७९

नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै  आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपालले कुनै पनि विखण्डन र आतंककारी गतिविधिलाई नसघाउने भन्दै बाह्य देशका सुरक्षाकर्मीलाई अनुमति विना नेपाल आउन नेपालको कानुनले नदिएको बताए ।

उनले अनुमती बिनानै अर्को देशका सुरक्षाकर्मी नेपाल आँउदा नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताएका छन् ।

‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन्’, उनले भने, ‘कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन ।’


प्रतिक्रिया

सम्बन्धित समाचार