सबका सब छोराछोरी विदेश गएका कारण अब नेताहरुले भ्रष्टाचार गर्न पर्दैन : चित्रबहादुर केसी

Jasus Khabar 1+ समाचार ( )
२४ माघ २०८०

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अस्तव्यस्त राजनीतिले गर्दा सबैका छोराछोरी विदेश गएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सबका सब छोराछोरी विदेश गएका कारण अब कुनैपनि नेताले भ्रष्टाचार गर्न नपर्ने भन्दै व्यंग्य गरेका छन् । उनले भने, ‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, अष्ट्रेलिया । हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन् ।

स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ ।’


प्रतिक्रिया