सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड , आज बिहीबार १ हजार बढ्यो

Jasus Khabar 1+ समाचार ( )
२२ चैत्र २०८०

बिहीबार सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो भने बुधबार १ लाख ३३ हजार पुगेको थियो । सुनको मात्रै नभइ चाँदीको पनि मूल्य बढ्दै गएको छ ।

बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी बिहीबार १ हजार ६५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बढ्दै गएपछि नेपाली बजारमा असर परिरहेको छ ।

प्रतिक्रिया