अर्घाखाँचीसहित तीन जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध

Jasus Khabar 3942+ समाचार ( )
२८ श्रावण २०८२

अर्घाखाँचीसहित तीन जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले मधेशको सप्तरीस्थित रुपनी बजार र बरमझिया आसपासको क्षेत्र तथा लुम्बिनीको  कपिलवस्तु र अर्घखाँची आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै मधेश प्रदेशलगायत कोशी प्रदेशको तराई क्षेत्र तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया