काठमाडौँको तारकेश्वरमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ।>
>
बुधबार राति ८:२० बजे तारकेश्वर नगरपालिका–८ स्थित शिवमन्दिर नजिकै भएको दुर्घटनामा पैदल यात्री अन्दाजी ७०/७१ वर्षीय कुलबहादुर आचार्य गम्भीर घाइते भएका थिए।>
उनलाई नविन घिमिरेले चलाएको बा ७४ प ७०५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। घाइते आचार्यलाई तत्कालै उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो।>
सिटी अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि राति ११:३० बजे टोखा स्थित ग्रान्डी अस्पताल लगिएको थियो। तर अवस्था गम्भीर रहेका कारण बोल्न नसक्ने र बाहिरी चोट देखिएको जनाइएको थियो।>
ग्रान्डी अस्पतालमा राति ११:३० बजे डाक्टरले आचार्यलाई मृत्यु घोषणा गरेका हुन्। शव अस्पतालमै राखिएको छ र बिहीबार पोस्टमार्टम गरी अन्त्येष्टि गरिने जनाइएको छ।>
दुर्घटनापछि मोटरसाइकल चालक प्रहरी वृत्त बालाजुको नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>>