विद्युत् सर्ट भएर सतुङ्गलको एक कपडा पसलमा आगलागी, निभाउने प्रयास जारी

Jasus Khabar 3958+ समाचार ( )
२ जेठ २०८२

चन्द्रागिरि नगरपालिक- ११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ ।

आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाका दमकल समेत प्रयोग गरिएका छन् ।

प्रतिक्रिया