ट्रकको ठक्करबाट धनुषामा दुई युवकको मृत्यु

Jasus Khabar 1+ समाचार ( )
२८ कार्तिक २०८०

धनुषामा इन्डियन गाडीले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

सोमबार राति पौने १ बजे  ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प१२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ  ।

ट्रकको ठक्करबाट धनुषाधाम नगरपालिका ९ का अन्दाजी १९ वर्षीय राजेश ठाकुर र गणेशमान चारनाथ नगरपालिका २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए ।

ठक्कर दिने नियन्त्रणमा लिइएको तर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया