१४ वर्ष मुनिका विद्यार्थीको नाइन ए साइड फुटबल प्रतियोगिता विराटनगरमा हुँदै

Jasus Khabar 3942+ समाचार ( )
२८ श्रावण २०८२

 विराटनगरमा १४ वर्षमुनिका विद्यार्थीहरूका लागि विद्यालयस्तरीय नाइन ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ मोरङको प्राविधिक सहयोगमा आयोजना हुन लागेको यस प्रतियोगितामा विराटनगरका १२ वटा बोर्डिङ स्कूलको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने विद्यालयहरूमा आयोजक बीकेभिएमसहित गोदावरी, अरनिको, ग्रेडेड, लिलिपुट, डिपिएस, एभरेष्ट, ग्रीनल्याण्ड, विराट शिक्षा निकेतन, मोर्डन एरा, अर्पण, र डिएभी बोर्डिङ स्कूल रहेका छन् । सहभागी विद्यालयका विद्यार्थीहरूले आफ्नो परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

संघका महासचिव विनेश बस्नेतका अनुसार प्रतियोगिताको सम्पूर्ण खर्च करिब १ लाख २५ हजार रुपैयाँ अनुमान गरिएको छ । प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ । विराटनगर-११ स्थित बीकेभिएमको मैदानमा हुने यस प्रतियोगिताको विजेता टोलीले ट्रफी प्राप्त गर्नेछ ।

बस्नेतले यस्ता प्रतियोगिताले नेपाली फुटबलमा नयाँ प्रतिभाहरू पत्ता लगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको फिफा फुटबल फर स्कूल कार्यक्रम पनि भदौबाट सुरु गर्ने भएको छ । यसका लागि विराटनगरबाट बीकेभिएम, डिपिएस, र पोखरिया माध्यमिक विद्यालय छनोट भएका छन् ।

 

प्रतिक्रिया